image
image

कोरोनाबाट आफ्ना गाउँबासीलाई बचाउन गाउँमै अक्सिजन सिलिन्डरको व्यवस्था गदैँ

काठमाडौँ, २४, सोमबार । गोरखा भीमसेन थापा गाउँपालिका–१ का युवाहरुले कोरोना संक्रमणबाट संक्रमितका लागि आवश्यक अक्सिजन सिलिन्डरको व्यवस्था गरेका छन् । स्थानीय थ्रीस्टार युवा क्लबले कोभिड–१९ राहत तथा उद्धार समिति’को नाउँमा यस्तो पहल थालेको हो । 
            
देशैभर कोरोना संक्रमित बढ्दै गएको बेला चौतर्फी रूपमा सिर्जित अक्सिजनको अभावका कारण आफ्नो गाउँबासीले ज्यान गुमाउन नपारोस् भन्ने उद्देश्यका साथ क्लबले तत्काल ५ वटा अक्सिजन सिलिन्डरको व्यवस्था गर्दै थप सिलिन्डर आवश्यक परेमा तुरुन्त उपलब्ध गराउने प्रवन्ध समेत मिलाएको छ ।
           
भीमसेन थापा गाँउपालिका-१,मसेलमा घर भई विभिन्न कामको सिलसिला देश बिदेशमा रहेका मसेल बासीको  आर्थिक सहयोग र थ्रीस्टार क्लबको समन्वयमा सिलिन्डरको अलवा आवश्यक अक्सिमिटर, पीपीई सेट, एन्टिजेन किट, मास्क तथा सेनिटाइजरको समेत व्यवस्था गरिएको छ भने कोभिडका बिरामीहरुलाई अस्पतालसम्म पुर्याउन निःशुल्क एम्बुलेन्सको समेत प्रवन्ध मिलाइएको  ‘थ्री स्टार युवा क्लब, कोभीड–१९ राहत तथा उद्धार समिति’का संयोजक अञ्जन मग्रातीले जानकारी दिए । उक्त अभियानमा करिब ७ लाख रकम संकलन भएको छ।

क्लबले मनास्लु अस्पतालका संचालक स्वास्थ्यकर्मी विकास श्रेष्ठको नेतृत्वमा हेल्थ डेस्कको समेत स्थापना गरेको छ। उनीहरुले कोरोना संक्रमित विरामीहरुलाई भेटेर स्वास्थ्य सम्बन्धी उचित परामर्श दिइ आवश्यक स्वास्थ्य सामग्री माक्स,सेनिटाइजर,औषधि वितरण समेत गरिरहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।