image
image

कोरोना परीक्षण गर्न लुकेर स्वास्थ्य संस्था धाउँदै

सिन्धुली २१ जेठ: कोभिड–१९ का लक्षण देखिए पनि परीक्षण गर्न राति स्वास्थ्य संस्था धाउने गरेका छन् । जिल्लाको दुधौली नगरपालिकामा रहेका सङ्क्रमित रातको समयमा मात्र स्वास्थ्य संस्था जाने गरेका हुन् । समुदायमा कोरोनाको सङ्क्रमण फैलिरहेको छ । सङ्क्रमणका लक्षण देखिए पनि परीक्षण गर्न नआउँदा सङ्क्रमित थपिँदै र सङ्क्रमण फैलँदै गएको छ ।

सङ्क्रमण भएका व्यक्तिलाई रोगको भन्दा समुदायको डर छ । सङ्क्रमणका लक्षण देखिए पनि पिसिआर परीक्षण नगरी घरमै बस्दा सङ्क्रमणको स्थिति झन् भयावह हुनसक्ने सिर्थौली कोभिड–१९ अस्पतालका इन्चार्ज डा धिरेन्द्रकुमार सुदाले भने ।

“दिउँसो सुनसान हुन्छ यहाँ रात परेपछि ‘कोरोना परीक्षण गर्नु परो’ भन्दै धेरै आउनुहुन्छ, हामी परीक्षणका लागि स्वाब सङ्कलन गरेर पठाइदिन्छौँ, कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्ति सबैले स्वास्थ्य संस्थामा नै बस्नुपर्छ भन्ने हुन्न”, उनले भने, “सङ्क्रमणका लक्षण देखिएर स्वास्थ्यमा समस्या देखिने, सास फेर्न गाह्रो हनु जस्ता लक्षण भएका बिरामीलाई हामी आइसोलेशनमा राखेर उपचार गर्दै आएका छौँ ।”


यतिबेला कोभिड–१९ को दोस्रो लहर चलिरहेको छ । त्यहाँ एकै व्यक्तिले २७ जनालाई सम्म सङ्क्रमित बनाएको पाइएको छ । समुदायमा हिँड्डुल, खेतीपातीको काम गर्ने तर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नहुँदा सङ्क्रमण भुसको आगो झैँ समुदायमा फैलन सक्ने खतरा रहेको छ ।

सिर्थौली कोभिड–१९ अस्पतालमा उपचार गराइरहेका एक व्यक्तिले भने, “गाउँमा ज्वरो आउने, खोकी लाग्ने, छाती दुखो भन्ने बिरामी धेरै छन्, केही त ठीक भइसके तर केहीलाई उस्तै छ, यतिबेला रोगको भन्दा समुदायको ठूलो डर छ, दुधौली नगरपालिकाले कोरोना सङ्क्रमितको घरमा स्टिकर टाँसिदिँदा परीक्षण गराउन आउन नमान्ने धेरै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।