image
image

कोरियाबाट विविध स्वास्थ्य सामाग्री प्राप्त

काठमाडौँ, २२, शनिबार । कोरोना भाइरस संक्रमण महामारीविरुद्ध लडिरहेको  नेपाल सरकारलाई गणतन्त्र कोरियाबाट सहायतास्वरुप विविध स्वास्थ्य उपकरण प्राप्त भएका छन् । नेपालका लागि कोरियका राजदूत पार्क चोङसुकले शुक्रबार अपराह्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भएको सङ्क्षिप्त कार्यक्रममा १७ हजार ७६० थान आरटी पिसिआर परीक्षण किट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई हस्तान्तरण गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोरिया सरकारले तीनसय ७८ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको र ती उपकरण आगामी महिना काठमाडौँ ल्याइने उक्त मन्त्रालयले बताएको छ । दोस्रो लहरको कोभिड–१९ महामारीविरुद्धको लडाइँमा डटेको नेपालप्रति ऐक्यबद्धता जनाउँदै महत्वपूर्ण स्वास्थ्य उपकरण प्रदान गरेकामा सरकारले गणतन्त्र कोरिया सरकारमा कृतज्ञता ज्ञापन गरेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।