image
image

ललितपुर महानगरले कोरोनाका कारण मृत्यु भएका परिवारलाई एक लाखि दिने निर्णय

काठमाडौं, २२, शनिबार । ललितपुर महानगरपालिकाले कोरोना भाइरस संक्रमणले मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ सहयोग दिने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकाले यस्तो निर्णय गरेको जानकारी दिएका हुन् । मेयर महर्जनले ललितपुर महानगरपालिकामा स्थायी बासिन्दाको कोरोना उपचारका क्रममा निधन भएमा मृतकको परिवारलाई एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । 

सँगै महानगरले आईसीयू तथा भेन्टिलेटरमा उपचार गरेर निको भएकालाई जनही ५० हजार रुपैयाँ र अस्पताल भर्ना भएर कोरोना जितेकालाई जनही २५ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो । सहयोग लिनका निम्ति आवश्यक कागजपत्र भने आवश्यक पर्ने मेयर महर्जनको भनाइ छ । ललितपुर महानगरले हरेक वडामा पीसीआर र एन्टिजेन परीक्षणको व्यवस्था गरेको महर्जनले जानकारी दिएका छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।