अब एप मार्फत विश्वका जुनसुकै स्थानबाट नेपालमा होटल बुक गर्न सकिने
काठमाडौँ । अब एप मार्फत विश्वका जुनसुकै स्थानबाट नेपालमा होटल बुक गर्न सकिने भएको छ । अतिथि गृह डटकमले तयार गरेको यो एप एन्ड्रोइड र आईओएस दुबैमा डाउनलोड गरि एक सयभन्दा धेरै होटलहरुको बुकिङ गर्न सकिन्छ ।
निशुल्क प्रयोग गर्न सकिने यो एप पर्यटन व्यवसायी विश्व पुरी, मेघ आले, मिग्मा डेविड शेर्पा, अजय खड्का र सुजन सुवेदीको समूहले मिलेर यती टेक कम्पनीमार्फत सञ्चालनमा ल्याएका हुन् ।
यसरी बुक गर्नुस्
होटल बुक गर्नका लागि एन्ड्रोइड र आइओएसबाट ‘अतिथ घर’ नाम एप्लिकेशन मोबाइलमा डाउनलोड गर्नुपर्छ । त्यसपछि एप्लिकेशनमा यूजर नेम र पासवर्ड राख्नुपर्छ । अनि, विभिन्न शहरमा रहेका विभिन्न होटलहरुको विवरण कोठाको मूल्यसहित आउँछ । होटलमा पालना गर्नुपर्ने नियमहरु पनि एपमार्फत नै हेर्न सकिन्छ ।