image
image

भोलिबाट  भृकुटीमण्डपमा  ‘जुत्ता, चप्पल तथा व्यापार मेला २०७७’ सुरु हुँदै

काठमाडौँ माघ २० । स्वदेशी उत्पादनको प्रवद्र्धन र विकासका निमित्त  फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएशन अफ नेपालले हरेक वर्ष झै यस वर्ष समेत जुत्ता तथा चप्पल व्यापार मेला गर्ने भएको हो । माघ २१ गते अर्थात् भोलि बाट सुरु हुने उक्त मेलामा ‘एफम्यान फुटवोयर बिजनेश एक्स्पो २०७७’ नाम दिइएको छ । मेला माघ २१ देखि २०७७ फाल्गुन १० गतेसम्म प्रर्दशनी मार्ग स्थित भृकुटीमण्डपमा आयोजना हुने बताइएको छ ।


अध्यक्ष कृष्ण कुमार फुयालका अनुसार फुटवयर एक्स्पो २०२१ मा नेपाली ब्रान्डहरु फिटराइट, ल्याण्डवाक, फर्स्टवाक/आगास, कोशेली, रन, सुल्यान्ड, हाइलाइफ, क्रसरोड, रोयल सुज, बिएफ डियरहिल, गोल्डस्टार, बोस सुज, किम सुज, भेनस, फुट स्टेप, शिखर सुज, व्याम्बो सुज, पीजी लगायतका सहभागी हुनेछन् । उक्त मेलाले नेपाली ब्रान्ड प्रवर्दन तथा प्रचारमा ठूलो भूमिका खेल्ने बताएकछन् । त्यस्तै एकै स्थानमा  सबै ब्राण्डका जुत्ता चप्पल आर्कषक छुटका साथ उपलब्ध हुने छ ।   

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।