image
image

कोरोना भाइरस सङ्क्रमितलाई भत्ता र मृतकका परिवारलाई आर्थिक सहयोग

काठमाडौँ, २१, शुक्रबार । ताप्लेजुङको  मैवाखोला गाउँपालिकाले कोभिड—१९ सङ्क्रमित प्रत्येक व्यक्ति तीन हजार रुपैयाँका दरले भत्ता प्रदान गर्ने भएको छ । यस्तै गाउँपालिकाले कोभिड सङ्क्रमणबाट मृत्यु हुने परिवारलाई रु २५ हजार उपलब्ध गराउने भएको छ ।कोभिड—१९ सङ्क्रमित भएर लामो समयसम्म आइसोलेसनमा बस्दा आर्थिक समस्या आउने भएकाले सो रकम प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी दुम्वापोले बताए ।

उनले भने,“कोभिड—१९ सङ्क्रमितलाई पौष्टिक आहार फलफूल, चना, अण्डा उपलब्ध गराउने निर्णय गरेका थियौँ । कसैको घरमा गुजारा चलाउनै समस्या भएको छ । त्यसैले नगद उपलब्ध गराइयो भने आफ्नै आवश्यकताअनुसार खर्च गर्न सक्ने भएकाले नगद प्रदान गर्ने निर्णय गरिएको हो ।” गाउँपालिकामा सक्रिय कोभिड सङ्क्रमित ३३ जना रहेको र १० जना निको भइसकेको स्वास्थ्य शाखा प्रमुख फुर्वा शेर्पाले बताए । कोभिड सङ्क्रमणबाट एकको मृत्यु भएको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।