भारतमा २ लाख ७ हजार भए संक्रमण मुक्त; थपिए १ लाख ३२ हजार नायाँ संक्रमित
काठमाडौँ, २१, शुक्रबार । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ७ हजार ७१ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। यससँगै भारतभर सक्रिय कोरोना भाइरस संक्रमितको संख्या १६ लाख ३५ हजार ९९३ पुगेको छ। यस्तै, १ लाख ३२ हजार ३६४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। भारतमा हालसम्म २ करोड ८५ लाख ७४ हजार ३५० जनामा कोभिड १९ संक्रमण पुष्टि भइसकेको छ। पछिल्लो केही सातादेखि संक्रमितको संख्या घट्दै गएको छ।भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमणका कारण एकैदिन थप २ हजार ७१३ जनाको मृत्यु हुँदा देशभर कूल मृतकको संख्या ३ लाख ४० हजार ७०२ पुगेको छ।









