image
image

नुवाकोटका अस्पताललाई ६५ लाख बराबरको स्वास्थ सामाग्री प्रदान

काठमाडौँ, १९, बुधबार । नेपाली काङ्ग्रेस नुवाकोटका युवा नेता एवम् एन्जिलिना शिवशक्ति ट्रष्टका अध्यक्ष शिव अधिकारी “अविरल” ले नुवाकोटका विभिन्न तहका स्वास्थ्य केन्द्र र अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहित अन्य थुप्रै स्वास्थ सामग्री प्रदान गरेका छन् । अध्यक्ष अधिकारीले तारकेश्वर गाउँपालिकामा ५ थान , विदुर नगरपालिकाको त्रिशुली अस्पताल ३ थान , बेल्कोटगढी नगरपलिकामा ३ थान , मेघाङ र किस्पाङ २–२ थान र ककनी र सुर्यगढीमा १–१ थान गरि १७ थान अक्सिजन कन्सन्ट्रेटरसहित विभिन्न औषधि र अन्य स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् ।

यस्तै बेल्कोटगढीका १२ वटा स्वास्थ्य केन्द्रलाई पनि स्वास्थ्य सामाग्री र औषधी प्रदान गरिएको छ। तादी गाँउपालीकाको स्वास्थ्य केन्द्रलाई पनि अत्यावश्यक स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । बोधिसत्व विहारसँगको सहकार्यमा अधिकारीले ६५ लाख बराबरको सामाग्री प्रदान गरेका हुन । 
त्रिशुली अस्पतालमा नुवाकोट, रसुवा र धादिङ तीनै जिल्लाका कोरोना संक्रमितको उपचार भइरहेको छ । यो मेसिन प्रदान गरेसंगै सन्क्रमितको उपचारमा ठुलो मद्दत पुग्ने अस्पताल प्रशासनले जनाएको छ ।

कोरोनाको दोस्रो लहर बढेसंगै नुवाकोटको तार्केश्वर गाउँपालिका लगायतका नागरिकलाई मास्क, सेनिटाइजर र सबै स्वास्थ केन्द्रलाई २१ थरिका स्वास्थ्य सामाग्री र अत्यावश्यक औषधि प्रदान गरेका छन । यो पवित्र कार्यमा सहयोग र सहकार्य गर्ने बोधिसत्व विहारका सुप्रिम मास्टर हेगुवाङ शी र कार्यक्रम संयोजक शान्त शर्माप्रति अधिकारीले विशेष आभार प्रकट गरेका छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।