image
image

युएमएनद्वारा स्वास्थ्य सामग्री प्रदान

डोटी, १९ जेठ: नेपालमा लामो समयदेखि शिक्षा, स्वास्थ्य तथा सरसफाइको क्षेत्रमा सहयोग गर्दै आएको अन्तरराष्ट्रिय गैरसरकार संस्था युनाइटेड मिसन टू नेपालको यहाँस्थित कलस्टरले बोगटान फुड्सिल गाउँपालिकालाई रु १३ लाख २५ हजार ४०३ को स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

गाउँपालिकालाई हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीमा एन्टिजेन किट २५० थान, सर्जिकल मास्क तीन हजार, ग्लब्स एक हजार, स्यानिटाइजर पाँच लिटर १० थान, १० लिटर ३० थान, एक लिटर ७५ थान, त्यसैगरी थर्मामिटर १२, पिपिई सेट २४, नेबुलाइजर १२, के.एन नाइन्टी फाइब मास्क ४००, हस्पिटल श्यया १२, ४० केजी अक्सिजन १०, अक्सिजन कन्सन्टे«टर पाँच लिटरको दुई थान र फेस सिल्ड ३० थान रहेको संस्थाका टोलीनेता विशालबाबु श्रेष्ठले जानकारी दिए ।

जिल्लामा दोस्रो चरणको कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण तीव्र रुपमा बढिरहेको र उपचार गर्नमा समस्या भइरहेको अवस्थामा उक्त संस्थाले स्वास्थ्य सामग्री प्रदान गरेपछि अब गाउँका नागरिकलाई उपचार गर्नमा सहज हुने गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताए ।यसैगरी युएमएनले बोगटान फुड्सिलसँगै जिल्ला सङ्कट व्यवस्थापन केन्द्र, बडीकेदार गाउँपालिका र जोरायल गाउँपालिकामा पनि स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने तयारी गरिरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।