image
image

काठमाडौँमा बढ्यो मदिराको खपत

काठमाडौँ माघ १९ । कोरोना भाइरसको संक्रमण दर घट्दै जाँदा काठमाडौँ उपत्यकामा मानिसहरुको चहलपहल सँगै मदिराको खपत पनि  बढेको मदिरा व्यवसायी संघ काठमाडौंले जनाएको छ । व्यवसायी संघका अनुसार पछिल्लो चार साताको बजार अवस्था मूल्याङ्कन गर्दा झन्डै तीन लाख लिटर भन्दा बढीले मदिरा खपत बढ्ने देखिएको छ। 

मदिरा व्यवसायी संघका अध्यक्ष गोविन्द बरालका अनुसार राजनीतिक अस्थिरतासँगै बढेको बढेको सरगर्मीले काठमाडौं केन्दि्रत भेटघाट तथा छलफलसहित गतिविधि बढेकाले रक्सीको माग उच्च भएको अनुमान छ ।

काठमाडौं उपत्यकामा यस अघि मासिक २७ लाख ५० हजार लिटर भन्दामाथि मदिरा बिक्री हुने गरेकोमा अहिले ३० लाख ५० लिटर हाराहारी पुगेको संघले जनाएको छ । त्यस्तै कोरोना अघि साढे ३५ लाख लिटर मदिरा खपत हुने गरेको थियो। भन्सार विभागकाअनुसार नेपालमा वार्षिक एक अर्ब ५० करोड रुपैयाँ बराबरको मदिरा आयात हुन्छ ।    
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।