वैधानिक तरिकाबाट वैदेशिक रोजगारीमा जाने महिलाको संख्या २ लाख १८ हजारभन्दा बढी
काठमाडौँ, १८, मंगलबार । नेपालबाट हालसम्म वैधानिक तरिकाले २ लाख १८ हजार ४२६ जना महिला वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागका अनुसार नेपाली महिला कामदार सबैभन्दा बढी गएका राष्ट्रमा क्रमशः युनाइटेड अरब इमिरेट्स (युएई), कुवेत, मलेसिया, कतार, दक्षिण कोरिया गरी बाह्र देश छन्। कूल वैदेशिक रोजगारीमा गएका महिलामध्ये यी १२ देशमा मात्र १ लाख ८७ हजार ७३० जना गएका









