image
image

कर्णालीमा ९५ प्रतिशतले जिते कोरोना

काठमाडौँ, १८, मंगलबार । पछिल्लो समयमा कर्णालीमा कोरोना सङ्क्रमण जित्नेको सङ्ख्या बढ्दै गएको छ । सोमबार मात्र कर्णाली प्रदेशमा ५१२ कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । कर्णालीमा हालसम्म एक लाख १५ हजार ४३३ जनाको कोरोना सङ्क्रमण परीक्षणमा १७ हजार १५० अर्थात् १५ प्रतिशतमा सङ्क्रमण देखिएको छ ।सङ्क्रमण देखिएको कूल सङ्ख्यामा ९५ प्रतिशतले कोरोना भाइरस जितेर घर फर्केको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा एक हजार ११३ जनाको कोरोना परीक्षण गरिएकामा २०६ जनामा सङ्क्रमण पुष्टि भएको छ, निर्देशक डा . खड्काले भने, “कोरोना भाइरस सङ्क्रमणबाट भने चार जनाले ज्यान गुमाएका छन् ।” मृत्यु हुनेमा सुर्खेतका दुई, सल्यान र जुम्लाका एक÷एक रहेको उनले बताए ।उनका अनुसार कोरोना भाइरसबाट गम्भीर प्रकृतिका छ भेन्टिलेटरमा, ५३ आइसीयूमा, ३७० आइसोलेसन केन्द्रमा र पाँच हजार १७१ जना होमआइसोलेशनमा रहेका छन् । 

कर्णालीमा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या केही घटे पनि मर्ने क्रम नरोकिएकाले सोमबारसम्म २४७ जना व्यक्तिको कोरोना सङ्क्रम
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।