विदेशबाट रेमिट्यान्स मुद्दति खातामा जम्मा गरै बापत १ प्रतिशत थप ब्याज पाइने
काठमाडौँ, १६, आइतबार । वैदेशिक रोजगारीमा गएका श्रमिकहरुले विदेशबाट बैंकिङ प्रणालीमार्फत पठाएको रेमिट्यान्स मुद्दति खातामा जम्मा गरेमा थप १ प्रतिशत ब्याज पाउने भएका छन् । अर्थमन्त्री बिष्णु पौडेले आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा सो कुरा उल्लेख गरिएको छ ।
पौडेलले वैदेशिक रोजगारीमा रहेको श्रमिकले मोबाइल वालेटमार्फत् नै रेमिट्यान्स पठाउन सकिने व्यवस्था गर्ने समेत बताएका छन् । विदेशबाट फर्किएका वा स्वदेश मै रोजगार गुमाएर बसेका श्रमिकहरुलाई रोजगार दिने भएको छ । स्वदेशी उद्योगमा सीप सिक्न चाहनेहरुका लागि ३ महिनाको रकम सरकारले व्यहोरिदिने भएको छ । त्यसरी सीप सिकेकाहरुलाई सम्वन्धित उद्योगले दुई वर्ष रोजगारी उपलव्ध गराउनु पर्नेछ । यसले थप २५ हजार व्यक्तिले रोजगारी प्राप्त गर्ने अपेक्षा सरकारले गरेको छ ।