image
image

विदेशबाट फर्किएका वेरोजगार नेपाली श्रमिकलाई विभिन्न सिप विकासका लागि ४० करोड रकम विनियोजन

काठमाडौं, १६, आइतबार।सीप विकासका लागि सरकारले आगामी आर्थिक वर्ष ४० करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन्।शनिबार अध्यादेशमार्फत २०७८–७९ सालको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री पौडेलले विदेशबाट फर्किएका तथा स्वदेशमा रोजगारी गुमाएका नेपाली श्रमिकका लागि विभिन्न स्वरोजगारमूलक कार्यमा संलग्न हुन सीप विकासका लागि ४० करोड रकम बिनियोजन गरेको बताएका हुन्।

उनले स्वदेशी उद्योगमा सीप सिक्न चाहनेका लागि ३ महिनाको रकम सरकारले ब्यहोर्ने बताए। यस्तै, सीप सिकेकालाई सम्बन्धित उद्योगले दुई वर्ष रोजगारी उपलब्ध गराउनुपर्ने पनि बजेट भाषणमा जानकारी दिए। यसले थप २५ हजार व्यक्तिले रोजगारी प्राप्त गर्ने अपेक्षा सरकारले गरेको छ।

गत वर्ष शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियत ऋण लिने कार्यक्रमलाई यस वर्ष पनि सरकारले निरन्तरता दिएको छ।सरकारले सरकारले आगामी आर्थिक वर्षका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि १४ अर्व विनियोजन गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।