image
image

अब  सेयर कारोबार गर्नुअघि नगद जम्मा गर्नु नपर्ने : धितोपत्र बोर्ड 

काठमाडौँ माघ १९ । अब सेयर कारोबार गर्नुअघि नगद जम्मा गर्नु नपर्ने भएको छ । आइतबार एक विज्ञप्ती जारी गर्दै बोर्डले यस्तो व्यवस्था नगरिएको प्रष्ट पारेको हो । यस अघि  धितोपत्र कारोबार नियमावलीमा सेयरकोखरिदका लागि आदेश दिने व्यक्तिले आदेश रकमको २५ प्रतिशत बराबर रकम ब्रोकरकोमा सुरक्षण गर्नुपर्ने व्यवस्था  थियो । शुक्रबार बोर्डले यो व्यवस्था कडाईका साथ लागु गर्न ब्रोकर कम्पनीहरुलाई निर्देशन दिएको थियो ।
अनिवार्य रुपमा ब्रोकरकोमा रकम जम्मा गर्नुपर्ने नियम कडाईका साथ लागु भएकाले बजारको कारोबारलाई निकै घटाउने अवस्था थियो । यसले मूल्यमा समेत प्रभाव पार्न सक्थ्यो । तर, अहिले सेबोनले यसमा चेकमात्रै दिए पनि हुने व्यवस्था गरिदिएको हो ।विज्ञप्तीमा  बोर्डले नगदै जम्मा गर्नुपर्ने व्यवस्था आफुहरुले नगरेको प्रष्ट्याएको छ । यसका लागि मार्जिन रकम वा चेक लिनसक्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ । 


 
 
   
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।