image
image

नेपालको कूटनीतिक सम्बन्ध १७० देशमा विस्तार

काठमाडौँ - नेपालको कूटनीतिक सम्बन्ध १७० देशमा विस्तार भएको छ । पश्चिम अफ्रिकी मुलुक गाम्बियासँग आज दौंत्य सम्बन्ध स्थापना भएसँगै नेपालको कूटनीतिक सम्बन्ध १७० मुलुकमा फैलिएको हो । कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि/राजदूत अमृतबहादुर राई र उक्त विश्व संस्थाका लागि गाम्बियाका स्थायी प्रतिनिधि /राजदूत लाङ यावौले राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगमा आज बिहान आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे ।


राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसलाई  नेपाल र गाम्बियाबीच कूटनीतिक सम्बन्ध स्थापना गरिएको जनाउ दिने संयुक्त जानकारी पत्रमा पनि दुवै राजदूतले हस्ताक्षर गर्नुभएको उक्त नियोगले जनाएको छ ।   त्यस अवसरमा दुवै देशका स्थायी प्रतिनिधिले  पारस्परिक हितका खातिर राष्ट्रिय तथा बहुपक्षीय मञ्च, विशेष गरी राष्ट्र सङ्घमा द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने सम्बन्धमा विचार आदानप्रदान गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।