image
image

भारतमा कोरोना ओरालो लाग्दै, दैनिक संक्रमित २ लाख ४० हजार

काठमाडौँ, १०, सोमबार । भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ४० हजार ८ सय ४२ जना नयाँ संक्रमण थपिएका छन् । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ४० हजार ८ सय ४२ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै भारतमा संक्रमित हुनेको कुल संख्या दुई करोड ६५ लाख ३० हजार १ सय ३२ पुगेका छ ।

पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ७ सय ४१ संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ लाख ९९ हजार २ सय ६६ पुगेको छ ।

हाल भारतमा २८ लाख ५ हजार ३ सय ९९ सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितको संख्या पनि दैनिक क्रमिक रुपमा घटिरहेको छ । त्यसैगरी भारतमा हालसम्म १९ करोड ६० लाख ५१ हजार भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।