औषधि व्यवसायी संघले गुल्मी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण
काठमाडौँ, ९, आइतबार । औषधि व्यवसायी संघ गुल्मीले गुल्मी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ। कोरोना भाइरस संक्रमण माहामारीको समयमा बिरामीको उपचारमा असहज भएका कारण सबै बिरामीलाई सहजता होस् भनेर एक लाख १५ हजार रुपैयाँको अक्सिजन कन्सन्टेटर प्रदान गरेको संघका अध्यक्ष महेश श्रेष्ठले जानकारी दिए।
सदरमुकाम तम्घासमा रहेका औषधि व्यवसायीहरुले रकम संकल गरी अक्सिजन कन्सन्टेटर खरिद गरेर अस्पतालका प्रमुख डा. उत्तम पच्यालाई हस्तान्तरण गरेका हुन्। अस्पतालका प्रमुख डा. पच्याले संघले प्रदान गरेको अक्सिजन कन्सन्टेटरले बिरामीहरुको उपचारमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।