रुपन्देहीमा ओरालो लाग्दै कोरोना
काठमाडौँ, ९, आइतबार। कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा केन्द्र बनेको रुपन्देहीमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या निरन्तर ओरालो लागेको छ भने निको हुनेको संख्यामा बढेको छ । पछिल्लोे २४ घण्टाको अवधिमा जिल्लामा १६७ जनामा संक्रमण पुष्टि भएको छ । यो परीक्षणको करिब २६ प्रतिशत हो ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा शनिबार बुटवल उपमहानगरमा सबैभन्दा धेरै ४९ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी तिलोत्तमामा २९ जना, सिद्धार्थनगर नगरपालिकामा२४ जना, सैनामैना नगरपालिकामा ३१ जना, देवदह नगरपालिकामा १० जना, ओमसतिया गाउँपालिकामा ६ जना र अन्य पालिकामा ५ जना भन्दा कम संक्रमित थपिएका छन् ।
यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २४ हजार ८४५ पुगेको छ । जसमध्ये १९ हजार २६६ जना निको भएका छन् । शनिबारसम्म जिल्लामा ५ हजार १९४ जना कोरोनाका सक्रिय संक्रमितहरु रहेका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा थप २ संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३८८ पुगेको छ ।
संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएपछि र संक्रमितको संख्या पनि घट्दै गएपछि केही दिन अगाडिसम्म भरिएका अस्पतालहरुमा सहज ढंगले उपचार हुन थालेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा। राजेन्द्र गिरीले जानकारी दिए ।
स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार केही निजी अस्पतालमा पनि कोरोना उपचारको व्यवस्था थप गरिएकाले पनि केही दिनयता उपचारमा सहज भएपनि जोखिम कम नभएकाले सर्तकता अपनाउन सबैमा आग्रह गरेका छन् ।