विप्लवले ल्याए संयुक्त सरकारको प्रस्ताव (विज्ञप्तिसहित)
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चुनाव घोषणाबारे संयुक्त सरकारको धारणा सार्वजनिक गरेको छ । उनले आज विज्ञप्ति जारी गर्दै संसदीय व्यवस्था सफल हुँदै भन्ने आफ्नो दलको निष्कर्ष सही साबित भएको तर्क गरेका छन् ।
त्यस्तै संसदीय व्यवस्थाकै चुनाव घोषणा गरेर देशलाई झन् ठूलो अन्तर्विरोध र संकटमा धकेल्ने चाल भएको विप्लवले बताए । विप्लवले जनमतसंग्रहका लागि राजनीतिक पार्टीहरु तयार हुने हो भने संयुक्त सरकार बनाएर निकासका लागि सहकार्य गर्न तयार रहेको बताएका छन् । उनले जनमतसंग्रहमा जानुपर्नेमा जोड दिए ।