image
image

 २ सय अक्सिजन सिलिन्डर धनगढी पुग्यो

काठमाडौँ, ८ शनिबार। कोरोनाको कहरका कारण धनगढीमा अक्सिजन अभाव भएको कारण बिरामीको उपचार हुन नसकिरहेको बेला अहिले २ सय सिलिन्डर अक्सिजन धनगढी पुगेको छ । नेकपा एमाले सुदूरपश्चिम प्रदेशका इन्चार्ज तथा निवर्तमान मन्त्री लेखराज भट्ट र सह–इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य माननीय नारदमुनी रानाको पहलमा २ सय सिलिन्डर अक्सिजन धनगढी पुगेको छ ।

अक्सिजन अभाव भएपछि उपचारमा समस्या झेलिरहेका कोरोना संक्रमिहरूलाई अब केही राहत हुने भएको अपेक्षा गरिएको छ । सबै भन्दा धेरै अक्सिजनको समस्या झेलिरहेको सेती प्रादेशिक अस्पताल ११० सिलिन्डर अक्सिजन उपलब्ध गराइने भएको छ । 

गेटा अस्पताल ५० र महाकाली अस्पताल ४० सिलिन्डर उपलब्ध गराइने सांसद रानाका स्वकीय सचिव कमल रानाले बताए । ५० सिलिन्डर अक्सिजन आए लगत्तै कोरोना संक्रमितहरूको उपचार थालिने बताइएको छ ।

एमाले नेता भट्टका स्वकीय सचिव हितेश ओझाले भने, ‘अहिलेलाई आवश्यक अक्सिजन पुगेको छ अब यहाँ संक्रमितको उपचार सुरु हुन्छ । अब कोरोना संक्रमितको उपचारमा केही सहज हुन सक्ने पनि उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।