एम्बुलेन्समै बिरामीको उपचार गरिदैँ
काठमाडौँ, ८, शनिबार । कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिन थालेछि र बिरामीको चाप बढेपछि उपचारका लागि सिन्धुली अस्पतालमा आइसोलेसन बेडको अभाव भएको छ । अस्पतालले सीमित आइसोलेसन बेडले धान्न नसकेपछि बुधबारबाट रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामीलाई एम्बुलेन्समै राखेर उपचार गर्न थालेको छ ।
अस्पताल विकास समितिका अध्यक्ष प्रह्लादकुमार पोखरेलको भनाइ अनुसार अस्पतालमा प्रि–आइसोलेसन बेड सात वटा मात्र छन् । ती बेडहरू कोरोनाका शंकास्पद बिरामीले भरिएपछि अरु बिरामीलाई एम्बुलेन्समा राखेर उपचार गर्न थलिएको हो ।
कोरोना भाइरस संक्रमणको शंका लागेका बिरामीलाई भर्ना गरी उपचार गर्न प्रि–आइसोलेसन भनेर सात बेड छुट्याएका छौं । उनले भने, ‘त्यस्ता बिरामीलाई प्रि–आइसोलेसनमा भर्ना गरी पीसीआर पोजिटिभ आए कोभिड १९ अस्पतालमा सारेर उपचार गर्दै आएका छौं ।
परिक्षण रिपोर्ट नआएसम्म उपचारका लागि ठाउँ नहुँदा असहज भएको उनले गुनासो गरे । अहिले प्रि–आइसोलेसन बेड भरिएका कारण एउटा बेडमा दुई जना राख्ने गरिएको छ ।