image
image

ओलीले पाए गृहसहित थप ७ मन्त्रालयको जिम्मेवारी

काठमाडौँ । आजबाट प्रधानमन्त्री केपी शर्मा ओलीले थप ७ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । उनले पूर्वमाओवादीबाट मन्त्री भएका ७ जनाले सम्हालेको मन्त्रालयहरुको जिम्मेवारी लिएका हुन् ।


राष्ट्रपतिको कार्यालयले आज विज्ञप्ति जारी गरी सर्वोच्च अदालतले ६ जेठमा गरेको आदेश अनुसार अन्तिम टुंगो नलागेसम्म रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणिचन्द्र थापा, गौरीशंकर चौधरी र दावा लामा तामाङलाई कुनै कारबाही नगर्नु नगराउनु भनिएकाले अर्को व्यवस्था नभएसम्म प्रधानमन्त्री ओलीले नै सम्हाल्ने जनाएको छ ।

  


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।