image
image

नेकपाका प्रचण्ड- नेपाल आज माईतिघरमा धर्ना बस्ने 

काठमाडौं । माईतिघरमा जारी धर्नामा नेकपा (दाहाल- नेपाल) पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल सहभागी हुने भएका छन । 

 अध्यक्षद्वय प्रचण्ड र नेपाल १२ बजेपछि माइतीघरको धर्नामा सहभागी हुने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । प्रतिनिधिसभा बिघटनबिरुद्धमा यो पक्षका संघीय प्रदेश सांसदहरुले गत माघ १४ गतेदेखि माइतीघरमा धर्नाबस्दै आइरहेका छन ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक र प्रतिगामी भन्दै पुनस्र्थापनाका लागि संघर्षरत सो पक्षले तेस्रो चरणको आन्दोलन जारी राखेको छ । त्यसअन्तर्गत विराटनगर, बुटवल र धनगढीमा व्यापक प्रदर्शन र विरोध सभा गरिसकेको प्रचण्ड–माधव पक्षले आगामी माघ २८ गते काठमाडौँमा अहिलेसम्मकै ठूलो प्रदर्शन गर्ने तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।