image
image

लायन्स क्लब अफ काठमाडौंद्वारा १५ सैयाको नेपाल भारत मैत्री–अस्पतालमा संचालन

काठमाडौं ७ जेठ । विहीबारदेखि लायन्स क्लब अफ काठमान्डौ समर्पणको सहयोगमा मित्रपार्कस्थित १५ सैयाको COVID HUD वार्ड नेपाल भारत मैत्री–अस्पतालमा संचालनमा आएको छ ।

लायन्स क्लब अफ काठमान्डौ समर्पणले दुईवटा हाईफ्लो मेशिन र छ वटा बाईप्याप्  मेशिन कोभिड बिरामीहरुका लागि निशुल्क रुपमा सेवा दिन अस्पताललाई सहयोग गरेको लायन्स क्लबले जनाएको छ ।

कोभिड-१९ को दोस्रो लहरले नेपालमा पनि निकै कठिन अवस्था सृजना गरेको अहिलेको अवस्थामा अझै आवश्यकता अनुसार जीवन रक्षक उपकरणहरु, एचडीयू वार्डमा उपलब्ध गराउने लायन्स क्लब अफ काठमाडौं समर्पणका उपाध्यक्ष लभेन्द्र सिंह मल्ल र सचिव अखिल अग्रवालले जानकारी दिए।

अहिलेको संकटपूर्ण घडीमा कोभिडसँग लड्न एक जुट हुन आह्वान गर्दै लायन्स क्लब समर्पणसंग सहकार्य गरेर नयाँ कोभिड वार्ड खोल्ने कार्य समेत भइरहेको अस्पतालका प्रबन्ध निर्देशक पवन पाठकले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।