image
image

जसपा फुट्ने संकेत, ओलीलाई महन्थ ठाकुर र राजेन्द्र महतोको साथ रहने 

काठमाडौँ ।  जनता समाजवादीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच सहमति धेरैदिन नटिक्ने देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने या नदिने विषयमा विवादमा रहेको जसपा फुटको नजिक पुगेको हो ।

आज सिंहदरबारमा ठाकुर पक्षीय संसदीय दलको बैठकपछि महन्थ ठाकुर समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ रहेको प्रष्ट पारेका हुन् । महतोका अनुसार सरकार र जसपाको माग अनुसार संविधान संशोधन कार्यदल बनाउने सहमति भएको छ । कार्यदलमा सरकारका तर्फबाट प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, नेता अग्नि खरेललगायत रहेको र राजपाबाट लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्लालगायत रहेको जानकारी दिए । 

प्रधानमन्त्री ओली जसपाले उठाएको माग सम्बोधन गर्न तयार भएको र त्यसतर्फ काम पनि बढाएकाले आफूहरु साथ दिने निर्णयमा पुगेको महतोले बताए । 






 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।