image
image

देउवासँगको छलफलका लागि बूढानीलकण्ठ पुगे दाहाल

काठमाडौँ, ७, शुक्रबार । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्न उनको निवास पुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा नजिकिँदै गर्दा दाहाल छलफलका लागि देउवा निवास बूढानीलकण्ठ पुगेका हुन् ।

दाहाल बूढानीलकण्ठ पुग्नुअघि त्यहीँ कांग्रेस पदाधिकारीसहितको बैठक बसेको थियो । बैठकले संविधान, लोकतन्त्रको रक्षाका लागि अन्य दलहरूसँग सबै विकल्पमा छलफल गरेर निष्कर्षमा पुग्ने निर्णय गरेको छ । तिनै विकल्पबारे दाहाल र देउवासहितका नेताहरूबीच छलफल भइरहेको स्रोतले जानकारी दियो । माओवादीले शुक्रबार दिउँसो १ बजेका लागि स्थायी कमिटी बैठक पनि बोलाएको छ ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।