भारतमा बिहिबार ३४ दिनपछि सबैभन्दा कम कोरोनाका संक्रमित भेटिए
काठमाडौँ, ७, शुक्रबार । भारतमा पछिल्लो २४ घण्टामा २.५९ लाख संक्रमित भेटिएका छन् जबकी ३.५७ लाख बिरामी निको पनि भएका छन् । यद्यपि, महामारीका कारण ज्यान गुमाउनेको आँकडा एकपटक पुनः चार हजार पार भएको छ । बिहिबार ४,२०८ बिरामीको मृत्यु भएको छ । यसरी सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा १.०२ लाखको कमी आएको छ ।
बिहिबार कोरोनाका नयाँ संक्रमितको आँकडा २४ दिनमा सबैभन्दा कम भएको हो। यसअघि १६ अप्रिलमा २.३४ लाख नयाँ संक्रमित भेटिएका थिए । लगातार ८ दिनदेखि नयाँ संक्रमितको तुलनामा निको हुने संक्रमितमा कमी आइरहेको छ । यसका कारण उपचार गराइरहेका बिरामीको संख्यामा लगातार कमी आइरहेको छ । कोरोनाको दोस्रो लहरमा सबैभन्दा धेरै ३७.४१ लाख सक्रिय संक्रमितको संख्या ९ मेमा थियो । ११ दिनमा यो घटेर ३०.२२ लाख भएको छ ।