image
image

हेटौँडामा मतदान नसकिँदै बालुवाटारमा एमालेको स्थायी कमिटी बैठक सुरु

 

काठमाडौँ, ६, बिहीवार । सत्तारुढ एमाले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली समूहको स्थायी समिति बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा पार्टीभित्रको पछिल्लो अवस्थाबारे छलफल भइरहेको एक नेताले बताए । 

एमाले पार्टी भित्रको विवाद समाधान गर्न ओली र वरिष्ठ नेता माधव नेपाल समूहले कार्यदल गठन गरे पनि कार्यदल गठन गरेका छन् । तर, बैठक एक पटक मात्रै बसेको छ । बुधबार साँझ बस्‍ने भनिएको कार्यदल बैठक अन्तिम अवस्थामा आएर स्थगित गरिएको थियो । 

कार्यदल बैठक आज ५ बजे बोलाइएको छ। तर, विवाद समाधान हुने सम्भावना न्यून रहेको नेताहरू बताउँछन् । बैठकमा प्रधानमन्त्री ओली पक्षका नेताहरू मात्रै सहभागी छन् । बैठकमा राष्ट्रिय सभा निर्वाचनबारे पनि छलफल हुने बताइएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।