कोरोनालाई जितिन् वीरगंजकी ९१ वर्षीया उपमेयर
काठमाडौँ, ६, बिहीवार । कोरोना भाइरस संक्रमणपछि अस्पताल भर्ना भएकी वीरगंज महानगरपालिकाकी उपमेयर ९१ वर्षीया शान्ति कार्कीले कोरोनालाई पराजित गरेकी छिन् ।
दुई साताअघि परिक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ देखिएको थियो।
बुधबार गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि आज बिहानै उनी अस्पतालबाट निस्केकी हुन्।महानगरका मेयर विजयकुमार सरावगीले उपमेयर कार्कीलाई कोरोना नेगेटिभ देखिएको बताए।
‘महानगरले नै चलाएको कोभिड (१९ अस्पतालमा उहाँ १३ दिन बस्नुभयो,’ मेयर सरावगीले सेतोपाटीसँग भने, ‘कोरोना संक्रमण नेगेटिभ आएपछि उहाँलाई आज घर पुर्याइएको छ।’
‘उहाँलाई रेखदेख गर्न एक जना चिकित्सक राखेका थियौं। अक्सिजनलगायत केही पनि आवश्यक परेन,’ उनले भने।
२०७४ सालमा भएको निर्वाचनमा नेपाली कांग्रेसबाट उनी उपमेयर निर्वाचित भएकी थिइन्।