अब आफू रहेको स्थानबाट भेरोसेलको दोस्रो डोज लगाउन पाउने
काठमाडौँ । अब उपत्यका बाहिर रहेका नागरिकले आफू रहेको स्थानमा दोस्रो चरणको भेरोसेल खोप लगाउन पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगउन आउन चाहनेलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई सवारी पासको व्यवस्था नगरिदिन अनुरोध गरेको छ ।
भेरोसेलको पहिलो चरणको खोप लगाएका र दोस्रो मात्रा लगाउनुपर्ने व्यक्तिहरूको लागत सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयहरूले तयार गरी प्रदेश मार्फत स्वास्थ्य सेवा विभागमा उपलब्ध गराउन मन्त्रालयले आग्रह गरेको छ ।