image
image

कोरोनाबाट बच्न गुर्जोसहित ४५ भन्दा बढी जडीबुटीको औषधि निःशुल्क वितरण

काठमाडौँ, ५ जेठ: नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना लहर तीव्र भइरहेका बेला मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेद चिकित्सकको सल्लाहमा ४५ भन्दा बढी जडीबुटीको धुलो औषधि तयार पारिएको छ । गत वर्ष नेपालमा कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएदेखि नै गुर्जोलगायत केही जडीबुटीबाट बनेको चिया र धुलो औषधि वितरण एवं घरघरमा गुर्जो रोपण अभियान चलाउँदै आउनुभएका अभियानकर्मी कमलबहादुर राजलवटले गुर्जोलगायत ४५ भन्दा बढी जडीबुटीबाट औषधि तयार पारी निःशुल्क वितरण अभियान शुरु गर्नुभएको हो ।

धुलो औषधिको आयुर्वेदाचार्य डा ऋषिराम कोइरालासँग सल्लाह लिएर तयार पारिएको हो । सयजनाभन्दा बढी नयाँ भेरियन्टसहितको कोरोना पोजेटिभ भएकालाई यो औषधि मङ्गलबार वितरण गरिएको छ ।औषधी रोग प्रतिरोधी क्षमता बढाउनाका साथै रुघा, खोकी, ज्वरो, फ्लु, ग्याष्ट्रिक, रक्तचाप, मधुमेहलगायत उपयोग गर्न सकिन्छ । न्यून रक्तचाप हुनेले बिरे नुन मिसाएर यो औषधि सेवन गर्न सकिने आयुर्वेद चिकित्सकको सल्लाह छ । समस्याको गम्भीरताका आधारमा आयुर्वेद चिकित्सकसँग सम्पर्क गरेर पनि यो औषधि सेवन गर्न सकिनेछ ।

औषधिमा गुर्जो, तुलसी, असुरो, ज्वानो, दालचिनी, ल्वाङ, हर्रो, बर्रो, अमला, मरिच, पिपला, सुठो, निम, चिराइतो, जेठीमधु, रुधिलो, तीतेपाती, कालोजिरा, बेसार, जङ्गे हर्रो, लेमनग्रास, अम्बापातलगायत ४५ को मिश्रण रहेको उहाँले जानकारी दिनुभयो । दिनमा तीन पटकसम्म मनतातो पानीमा मिसाएर धुलो औषधि सेवन गर्न सकिने जनाइएको छ । गर्भवती महिला र आठ वर्षमुनिका बालबालिकाकालाई यो औषधि सेवनमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । गुर्जो चिया एक लिटर पानीमा एक चम्चा राखेर उमालेर नछानी खान सकिन्छ । धेरै जडीबुटी मिश्रणसँगै मिसाइएका जडीबुटीको नामका साथै सेवन गर्ने विधिका बारेमा जानकारीसहित प्याकेजिङ गरी वितरण शुरु भएको हो ।


गुर्जोको काँडा र चिया निर्माणमा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्रका कार्यकारी निर्देशक डा रामआधार यादव र डा लेखनाथ ढकालको सल्लाह लिइएको अभियानकर्मी राजलवटको भनाइ छ । गुर्जो चिया रोग प्रतिरोधी क्षमता बढाउन चाहने सबैलाई उपलब्ध गराइने छ । धुलो औषधि भने विशेषगरी कोरोना पोजेटिभ भएकालाई नै उपलब्ध गराइनेछ । काठमाडौँ उपत्यकामा २५ वटा केन्द्र बनाएर औषधि र चियाको धुलो वितरण शुरु गरिएको छ ।

आन्तरिक राजश्व कार्यालय धुलिखेलको कार्यालय प्रमुखसमेत रहनुभएका राजलवटले महामारीका बेला समस्यामा परेका मानिसलाई निःशुल्क औषधि सेवा उपलब्ध गराउन थाल्नुभएको छ । उहाँको यो अभियान गत वर्षदेखि नै जारी छ ।

राजलवटले विसं २०७६ चैतमा नेपालमा कोरोना सङ्क्रमित देखिएदेखि नै गुर्जोका बिरुवा, धुलो, औषधि र चिया निःशुल्क वितरण गर्दै आउनुभएको छ । यसअघि राजश्व कार्यालय लहानको प्रमुख रहनुभएका राजलवटले त्यहाँको सरकारी निवास परिसरमा गुर्जोका बिरुवा उत्पादन गरी देशव्यापी रुपमा वितरण शुरु गर्नुभएको हो । यस वर्ष पनि गुर्जोको बिरुवा तयार पारी रोप्नका लागि वितरण गर्ने तयारीसमेत भइरहेकोे पनि अभियानकर्मी राजलवटले सुनाउनुभयो । कोरोनाको महामारी तीव्र भएसँगै गुर्जो र यसबाट परिकार सेवन गर्नेको सङ्ख्या बढ्न थालेको छ । रासस 
 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।