कोभिड उपचार : चितवनमा छैन समस्या
चितवन ५ जेठ :राजधानीलगायत ठूला शहरमा कोभिडको उपचार नपाएर धेरैले ज्यान गुमाउनु परेको गुनासो सुनिँदै गर्दा ‘मेडिकल सिटी’ भनेर चिनिने चितवन जिल्लामा भने हालसम्म यस्तो गुनासो सुन्नु परेको छैन । तथ्याङ्कमा अक्सिजन अभाव देखिए पनि यहाँका बिरामीले अक्सिजन नपाएर मर्नुपरेको छैन । श्ययाको अभावमा बिरामी भुईंमा राखेर उपचार गर्नुपर्ने अवस्था पनि अहिलेसम्म सिर्जना नभएको अस्पतालहरु बताउँछन् ।
ठाउँठाउँमा बिरामी श्ययाको अभावमा छट्पटाईरहँदा यहाँका सरोकारवालाहरुले शय्या र अक्सिजनको अभाव हुने भन्दै समयमै तयारी गरेका कारण समस्या जटिल बन्न पाएको छैन । कोभिडको उपचार गरिरहेका अस्पतालहरुले श्यया विस्तार र अक्सिजनका प्लान्ट थप गरिरहेका छन् । दाताहरुले गरेको सहयोग पनि उल्लेखनीय छ ।
जिल्लामा श्यया र अक्सिजन मात्रै होइन, गम्भीर अवस्थाका विरामीको उपचार (क्रिटिकल केयर) मा काम गर्ने जनशक्ति र उपकरणहरु पर्याप्त मात्रामा भएका कारण कोभिडसँग लड्न कठिनाई परेको छैन । अस्पताल भरिँदै गएपछि र अक्सिजनको अभाव हुने सङ्केत पाएपछि आफू चार रात नसुतेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने बताउनुहुन्छ । उहाँले भन्नुभयो “अहिलेसम्म कोभिड बिरामीका लागि कुनै किसिमको अभाव हुन दिएका छैनौँ र अभाव हुन नपाओस् भनेर पनि हामीहरु निरन्तर जुटिरहेका छौँ ।”
जिल्लामा रहेको सरकारी भरतपुर अस्पताल, दुई वटा मेडिकल कलेज, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पुष्पाञ्जली अस्पतालले कोभिडका सङ्क्रमितहरुको उपचार गरिरहेका छन् । धेरै बिरामी थेग्दै आएको चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिश्चन्द्र न्यौपाने राजधानी काठमाण्डौँभन्दा कोभिड उपचारमा जिल्ला उत्कृष्ट भएको दावी गर्नुहुन्छ । उहाँले भन्नुभयो “हामीसँग भएका श्यया, उपकरण, अक्सिजनको उपलब्धता, जनशक्ति सबै हेर्दा हामीले गरेको उपचार देशकै उत्कृष्ट छ ।”
भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष समेत रहनुभएका बागमती प्रदेश सभा सदस्य विजय सुवेदी मेडिकल सिटीको रुपमा पूर्वाधार बन्दै गएका कारण उपचारका लागि निकै सजिलो भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “भरतपुर जाँदा उपचार पाइन्छ भन्ने भरोसा सबैलाई छ, त्यही अनुसारको सेवा जिल्लाले हाल दिएको पनि छ ।”
छ वर्षअघिको भूकम्पको समयमा पनि यहाँका अस्पतालहरुले उपचारमा महत्वपूर्ण योगदान दिएको भन्दै उहाँले यहाँको स्वास्थ्य क्षेत्रलाई थप व्यवस्थित गर्न सबै एक भएर लाग्नुपर्ने बताउनुभयो ।रासस