हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण सुरु
काठमाडौँ, ५, बुधबार । हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि काम सुरु हुने भएको छ । अक्सिजन प्लान्ट निर्माणका लागि अस्पताल र उद्योग संघ हेटौंडाबीच सम्झौता भएको हो। प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको रोहबरमा जेठ १६ गतेभित्र निर्माण सुरू हुने गरी सम्झौता भएको हो।
सम्झौतापत्रमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार एवं हेटौंडा अस्पताल सञ्चालन,व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईँ र उद्योग संघ हेटौंडाका अध्यक्ष लेखराज पोखरेलले हस्ताक्षर गरे।
सम्झौतापत्रमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार एवं हेटौंडा अस्पताल सञ्चालन,व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईँ र उद्योग संघ हेटौंडाका अध्यक्ष लेखराज पोखरेलले हस्ताक्षर गरे।