इन्दिरा गान्धीको भूमिकामा कंगना
एजेन्सी। बलिउड अभिनेत्री कंगना रनावतले इन्दिरा गान्धीको बायोपिकमा आधारित फिल्ममा काम गर्न लागेकी छिन । फिल्ममा उनि इन्दिरा गान्धीको भूमिकामा देखिने छिन । भारतको पुर्वप्रधानमन्त्री समेत रहेकी इन्दिरा गान्धीको जीवनीमा आधारित फिल्ममा कंगनासहित अन्य लोकप्रिय कलाकारहरुको समेत अभिनय रहने छ ।
कंगनाले ट्विटरमार्फत, यो गान्धीको जीवनीमा आधारित नभइ एक ऐतिहासिक घटनामा आधारित फिल्म रहेको बताइन् । ‘यसले भारतको वर्तमान सन्ततिले भारतको राजनैतिक, सामाजिक इतिहासबारे थाहा पाउनेछन्’, उनले भनिन, ‘यसको स्क्रिप्टको काम अन्तिम चरणमा पुगेको छ ।’ उनले गान्धीको भूमिकामा खेल्ने फिल्मको एक फोटोसमेत सार्वजनिक गरेकी छिन् ।
भारतीय राजनीतिको इतिहासमा सबैभन्दा प्रतिष्ठित व्यक्तिको भूमिका निभाउन व्यंग्र प्रतिक्षामा रहेको पनि कंगनाले बताएकी छिन् । कंगनाले निर्माण गर्ने यस फिल्ममा कथा लेखन तथा निर्देशन साइ कबिरले गर्दैछन् ।