प्रधानमन्त्री ओलीको विरोधमा टायर बालेर प्रदर्शन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा आज चितवनमा टायर बालेर विरोध गरीएको छ ।
संसद विघटनपछि पहिलो पटक चितवन जान लागेका प्रधानमन्त्री ओलीका विरुद्ध नेकपाकै दाहाल नेपाल समूहले टायर बालेर विरोध गरेको हो ।बिहानैदेखि अनेरास्ववियू चितवन (दाहाल नेपाल समूह) का विद्यार्थीहरुले सरकारविरुद्ध पर्चा पम्प्लेटिङ देखि सडकमा टायर बालेर विरोध गरेका हुन् ।
उनीहरुले लायन्सचोक देखि पुल्चोक हुँदै पोखरा बसपार्क सम्म सडकभरि असंवैधानिक कदम खारेज गरे लगायत प्रधानमन्त्री ओलीविरुद्ध नारा लेखिएको पर्चा छरेका थिए ।