image
image

प्रधानमन्त्रीको शपथ दोहोर्याउन सर्वोच्चमा रिट

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथ लिँदा गरेको गल्ती विरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ। प्रधानमन्त्री ओलीलाई पुनः शपथ गराउन माग गरिएको रिट सर्वोच्चमा पुगेको हो ।

प्रधानमन्त्रीले शपथ लिँदा राष्ट्रपतिले उच्चारण गर्न आग्रह गरेको ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द ‘त्यो पर्दैन’ भनेर उच्चारण गर्न इन्कार गरेका थिए ।  त्यति मात्र होइन उनले राष्ट्रपतीले दोहोर्‍याउँदा  'यो पर्दैन' भन्दै शपथग्रहण अगाडि बढाएका थिए । उनको त्यस्तो जवाफ सुनेर राष्ट्रपति हाँसेकी थिइन्।

शपथ कानुन विपरीत भएकाले बदर गर्न माग गर्दै अधिवक्ता चन्द्रकान्त ज्ञवालीले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएको सर्वोच्च स्रोतले बतायो। प्रधानमन्त्रीले ठिक ढङ्गले शपथ नै नलिई गरेको सात मन्त्रीको नियुक्ति विरुद्ध अर्का अधिवक्ता सन्तोष भण्डारीले पनि रिट पेस गरेका छन्। तर, रित पुरा नभएकोले सो रिट दर्ता भएको छैन।त्यस्तै दोस्रोपटक मन्त्री नियुक्त गरिएका मणिचन्द्र थापा, दावा लामा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, गौरीशंकर चौधरी र रामबहादुर थापा ‘बादल’को नियुक्ती बदर गर्न माग समेत गरेका छन् ।

 निवेदकले संविधानको धारा–८० अनुसार शपथ बदर गरेर दोस्रोपटक शपथ गराउन पनि माग गरेका छन्। 
 
 
 
   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।