महोत्तरीमा कोरोना संक्रमणबाट तीनको मृत्यु
काठमाडौँ, २, आइतबार । महोत्तरीको विभिन्न स्थानमा आज बिहान कोरोनाबाट तीनजनाको मृत्यु भएको छ। यससँगै महोत्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको स्वास्थ्य कार्यालय जलेश्वर महोत्तरीका कोरोना स्रोत व्यक्ति प्रतिभा सिंहले जानकारी दिए।
सिंहका अनुसार आज गौशाला नगरपालिका–४ का ४० वर्षीय पुरुष, औरही नगरपालिका–७ का ५५ वर्षीय पुरुष र सम्सी नगरपालिका–५ का ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। तीनैजनामा क्रमशः वैशाख २८, ३० र जेठ १ गते कोरोना पोजिटिभ देखिएको थियो।
आइतबार बिहानसम्म महोत्तरीमा कोरोना सक्रिय संक्रमितको संख्या एक हजार १३४ पुगेको छ। जसमध्ये १९ जना जिल्लाको विभिन्न आइसोलेशन केन्द्रमा उपचार गराइरहेका छन्।