सिटी हलको शिलान्यास एवम् जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री चितवन जाँदै
काठमाडौँ,माघ १७ ।संसद विघटन पछि छुटिएका नेकपा दाहाल- नेपाल समूह र ओली समुहको छुट्टा छुट्टै जनसभा गरिरहेको छन् । त्यसै क्रममा आज ओली समूहको जनसभा चितवनमा गरिने भएको छ । सोहि सभामा उपस्थिति जनाउन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली आज चितवन जाँदै हुनुहुन्छ । नेकपा ओली समूहद्वारा भरतपुरमा आयोजना गरिने ‘जनसभा’लाई सम्बोधन गर्न र सिटी हलको शिलान्यास गर्न प्रधानमन्त्री ओली चितवन जान लाग्नुभएकाे हाे ।
शनिबार दिउँसो साढे १२ बजे नेकपाकाे चितवन जिल्ला कमिटीले भरतपुरस्थित ‘केन्द्रीय बस टर्मिनल’ मा कार्यकर्ता भेला तथा जनसभा आयोजना गरेकाे छ । उक्त भेला/सभालाई प्रधानन्त्रीस ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।सभामा सम्बाेधनअघि प्रधानमन्त्री ओलीले भरतपुरमा बन्न लागेको सिटी हलको शिलान्यास गर्नुहुने बताइएकाे छ । साथै भरतपुरकाे पुल्चोक-गोन्द्राङ सडक ६ लेनमा विस्तार गर्ने कार्यकाे पनि उहाँले शुभारम्भ गर्ने कार्यक्रम रहेकाे छ ।