४ महिनामै तेश्रो पटक श्रममन्त्री बने चौधरी
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा गौरीशंकर चौधरी पुन: तेस्रो पटक श्रममन्त्रीमा नियुक्त भएका छन् । बिहीबार प्रधानमन्त्रीमा पुन: नियुक्त भएका केपी शर्मा ओलीले मन्त्रिपरिषद गठन गरेसंगै श्रममन्त्री चौधरीले शुक्रबार सपथ लिएका छन् ।
नेकपा माओवादी केन्द्र पार्टी छोडेर नेकपा एमाले पार्टी प्रवेश गरेका चौधरी अहिले संघीय सांसद नरहेका व्यक्तिलाई प्रधानमन्त्रीले ६ महिनाका लागि मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था अनुसार फेरी श्रममन्त्री बनेका हुन् ।