image
image

अष्ट्रेलियाले  पीआर सुविधामा कटौती गर्ने

काठमाडौँ । अष्ट्रेलियामा रहेका आप्रवासीलाई सरकारले दिदै आएको पिआर सुविधामा कटौती गर्ने भएको छ । पछिल्लो बजेट नीति अन्तर्गत नयाँ आप्रवासीले प्रायः सरकारी कल्याणकारी सहयोग पाउन अब चार वर्ष पर्खनुपर्ने भएको हो ।

यसअघि यस्ता सहयोग र भुक्तानी पीआर प्राप्त गरेको मितिदेखिनै प्राप्त हुने गरेकोमा अब  यो नीति सन् २०२२ को जनवरी १ देखि पीआर प्राप्त गर्ने मानिसहरूमा लागू हुने भएको छ । त्यस्तै आपतकालिन सहयोगका रूपमा रहेको जब सिकर, शैक्षिक भत्ता र युवा भत्ता पाउन पनि चार वर्ष पर्खनुपर्ने भएको छ ।

यस्तै आर्थिक वर्ष २०२१–२०२२ को सरकारी नीति तथा कार्यक्रममा मानिसको आय अनुसार बालबच्चा हुर्काउन प्रदान गरिने आर्थिक भुक्तानीदेखि अभिभावक बिदालगायतका भत्ताका लागि पनि नयाँ आप्रवासीहरूले अब थप समय पर्खनुपर्ने भएको छ।यसरी नयाँ आप्रवासीहमाथिको उक्त सहयोग कटौती रकमबाट सरकारले पाँच वर्षको अवधिमा ६७१ मिलियन डलर बचत गर्ने अर्थमन्त्री फ्राइडेनबर्गले बताएका छन्।
 


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।