image
image

पहिलो मात्रा खोप लगाएर कोभिड संक्रमण हुनेले दोस्रो चरणको भेरोसेल खोप लगाउन नपाउने

काठमाडौँ, ३१, शुक्रबार ।  पहिलो चरणको भेरोसेल खोपको मात्रा लगाएरपछि कोरोना भाइरस संक्रमित हुनेले दोस्रो चरणको खोप मात्रा लगाउन नपाउने भएका छन् । शुक्रबार जनस्वास्थ्य विभागले काठमाडौँ  महानगरका वडा क्लिनक इञ्‍चार्जहरूसँग अनलाइन बैठकले यस्तो निर्णय गरेको हो ।

भ्याक्सिन चैत २५ देखि बैशाख १५ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाएका र त्यसपछि कोभिडको संक्रमण नभएका व्यक्तिहरूका लागि मात्र हो । 

जेठ २ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने कोभिडविरुद्धको खोप, भेरोसेलको दोस्रो मात्रा सञ्चालन गर्न महानगरले एक वडा एक खोप केन्द्र तोकिसकेको छ । खोप केन्द्रमा कम्तीमा २ जना खोपकर्ता र एक जना सहयोगीसहित ३ जना स्वंयमसेवक परिचालन गरिने छ ।

पहिलो खोपको मात्रा लगाएका व्यक्तिहरूलाई दोस्रो मात्रा लगाउने दिन तोकिएको छ । तोकिएको दिनमा आफू निजले पाएक पर्ने स्थानबाट खोप सेवा लिन सक्नेछन् । 

यसमा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकहरू छन् । दोस्रो खोप लगाउन पहिलो खोप लिएको मितिका आधारमा तय गरिएको छ । जसअनुसार २०७७ चैत २५, २६, २७ र २८ गते पहिलो मात्रा लगाएकालाई जेठ २ गते दास्रो खोप दिइनेछ । यसै गरी चैत २९ र ३० गते पहिलो खोप लिएकालाई जेठ ३ गते, ०७७ र्चैत ३१ र ०७८ बैशाख २ गते पहिलो खोप लगाएकालाई जेठ ४ गते दोस्रो मात्राको खोप दिइनेछ ।

बैशाख ३ र ४ गते पहिलो खोप लगाएकालाई जेठ ५ गते, बैशाख ५ र ६ गते पहिलो खोप लगाएकालाई जेठ ६ गते, बैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकालाई जेठ ७ गते, बैशाख ११ र १२ गते पहिलो खोप लिएकालाई जेठ ८ गते भेरोसेलको दोस्रो मात्रा खोप दिइनेछ । बैशाख १३, १४ र १५ गते पहिलो मात्रा लिएकाहरूलाई क्रमशः जेठको ९, १० र ११ गते दोस्रो खोप दिइनेछ ।

कोभिड संक्रमणमुक्त भएका मानिसका शरीरमा ८ देखि १२ हप्‍तासम्म एन्टीबडी रहने भएकाले खोपको जरूरी नहुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर कुमार राजभण्डारी बताउँछन् । खोपले पनि एन्टीबडीको विकास गर्ने भएकाले यसको रिस्क हुन सक्छ, उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।