image
image

बाँकेमा ८ कोरोना संक्रमितको मृत्‍यु

काठमाडौँ, ३१, शुक्रबार। बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ८ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । बिहीबार ५ बजे साँझदेखि शुक्रबार बिहान ४ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ५ जना बाँके, १/१ जना बर्दिया, सल्‍यान र कैलालीका रहेका छन् ।

भेरी अस्पतालमा उपचाररत खजुरा गाउँपालिका–१ बाँकेकी ६४ वर्षीया महिलाको बिहीबार ५ बजे, बाँकेकै बैजनाथ गाउँपालिका–६ की ३५ वर्षीया महिलाको शुक्रबार विहान १:१५ बजे, खजुरा गाउँपालिका–३ की ७५ वर्षीया महिलाको शुक्रबार विहान २ बजे, नेपालगञ्‍ज उपमहानगरपालिका–५ की ६१ वर्षीया महिलाको शुक्रबार विहान १ बजे तथा कोहलपुर–बाँकेकै २८ वर्षीय पुरूषको नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारको क्रममा बिहीबार ९ बजे राति मृत्‍यु भएको छ ।

यस्तै नेपालगञ्‍ज मेडिकल कलेजमा उपचाररत लम्कीचुहा(९ कैलालका ४० वर्षीय पुरूषको बिहीबार साँझ ६:१० बजे मृत्‍यु भएको छ भने भेरी अस्पतालमा उपचाररत कुमाख गाउँपालिका–१ सल्‍यानका ६७ वर्षीया महिलाको बिहीबार साँझ ७:३० बजे र मधुबन नगरपालिका–६, बर्दियाका ५९ वर्षीय पुरूषको शुक्रबार बिहान ४ बजे मृत्‍यु भएको कोरोना फोकल पर्सन ओलीले जानकारी दिए ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।