गायक भुवन सिं थापाको कौह्रा गीत ‘रमाइ रमाइ लान्थें’ युट्युबमा
काठमाडौँ। गायक एवं युट्युबर भुवन सिं थापाले ‘रमाइ रमाइ लान्थें’ शिर्षकको कौह्रा गीतको भिडिओ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् । भिडियोमा मगर समुदायको संस्कृति र संगीतको मौलिक र अभिन्न अंग मानिने कौह्रा गीत र नाचको सांस्कृतिक पक्षलाई थापाले सर्लक्कै उतारेका छन् । व्यास नगरपालिका वडा नं १४ केशवटारका स्थायी बासिन्दा गायक थापाले यो गीतको छायांकन त्यही वडाको ठीनमा नै गरेका थिए ।
खासगरी मगर समुदायको संस्कृति र संगीतको मौलिक र अभिन्न अंग मानिने कौह्रा गीत र नाचको सांस्कृतिक पक्षलाई उनले गीतमा उतारेका छन् । व्यास नगरपालिका वडा नं १४ केशवटारका स्थायी बासिन्दा रहेका थापाले गीतको छायांकन समेत आफ्नै गाउँमा गरेका छन् भने म्युजिक भिडियोमा मौलिक नृत्य देख्न सकिनेछ ।
गीत रेकर्डिङका क्रममा बाँसुरी बाहेक खैंजडी, झर्रा लगायतका कौह्रा गीतमै प्रयोग हुने बाजा र उपकरण प्रयोग गरिएको गायक थापाले बताए । अर्का गायक समेत रहेका रेशम आलेले लेखेको गीतको लय सृजना, भिडिओ निर्देशन र सम्पादन समेत भुवन सिं थापाले नै गरेका हुन् ।
गीतले मगर संस्कृतिको प्रबद्धन हुनुका साथै साविकको केशवटार गाविस वरपर रहेका केशवटार लगायत ठीन, नयाँगाउँ, हर्कपुर, रुम्सी, कुलुङ र छाब्दी बाराहीको समेत पर्यटनमा टेवा पुर्याउने लक्ष्य गायक थापाले बताएका छन् ।