देउवाको नेतृत्वमा सरकार बनाउन काँग्रेसको निर्णय
काठमाडौँ । नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन आवश्यक समर्थन जुटाउन लागिपर्ने निर्णय गरेको छ । बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले राष्ट्रपतिले दिएको समयसीमा भित्र देउवाको नेतत्वमा सरकार बनाउन बहुमत पुग्ने विश्वास लिएको छ।
त्यस्तै बैठकपछि सहमहामन्त्री प्रकाश शरण महतले माओवादी केन्द्र काँग्रेसलाई सघाउने बारे स्पष्ट रहेको बताए । साथै उनले अन्तिमसमयसम्मा जसपा पनि एकजुट हुने विश्वास व्यक्त गरे । यस्तै एमालेकै माधव कुमार नेपाल समूहले पनि तोकिएको समयभित्र एउटा निकास दिने विश्वास लिईएको छ ।