image
image

अक्सोमिटर कालोबजारी गर्ने सात जना पक्राउ

काठमाडौँ । अक्सिजन लेबल मापन गर्ने अक्सोमिटर कालोबजारी गर्ने सात जना पक्राउ परेका छन् । प्रहरी अपराध महाशाखाका सूचना अधिकारी एसपी कृष्ण कोइरालाका अनुसार बजारमूल्य ६ देखि ७ सय पर्ने भएपनि उनीहरुले २ हजार २ सय सम्म विक्री गरेकाले उनीहरुलाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा सिन्धुली जिल्ला घर भई कुलेश्वरमा बस्ने २९ वर्षीय शिखर श्रेष्ठ, बाजुराका २१ बर्षीय थुमराज उपाध्याय, स्यांङजा घर भई हाल नानोटेक फर्माका सञ्चालक २७ बर्षीय शेषकान्त अधिकारी, सुनसरी स्थायी घर भई भिमसेनगोलास्थित चिरायू केडी ग्रुप प्रा.लिका ३९ बर्षीय पुस्कर घिमिरे, मोरङ स्थायी घर भई अनामनगर बस्ने आहा इन्टरप्राइजेज कम्पनीका ४४ बर्षीय विशाल आचार्य, सिन्धुपाल्चोक घर भई हाल बागबजार बस्ने २१ बर्षीय सन्तोष श्रेष्ठ र भारत राजस्थान झुनझुून घर भएका ५५ बर्षीय जगदीश प्रसाल रानासरिया रहेका छन्। 

त्यस्तै आहा इन्टरप्राइजेज कम्पनीका विशाल आचार्यले चिनबाट मास्क बनाउने तुनामा लुकाईछपाई सो अक्सोमिटर ल्याएर कालोबजारी गरेको पाइएको छ ।  उनका अनुसार सात सय ६५ थान अक्सोमिटर पनि बरामद गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।