image
image

२० दिने शिशुले जिते कोरोना

काठमाडौँ । भारत चण्डीगढकी सन्दीप कौर अप्रिलको सुरुवातमै आमा बनिन् । उनीहरुले छोराको नाम ‘सुखदीप’ राखे । तर, जन्मिएको केवल २० दिनमै छोरा कोरोनाबाट संक्रमित भए । 

नवजात शिशुलाई सन्दीपले न दूध पिलाउन सकिन्, न त छातीमै टाँसेर राख्न सकिन् ।१० दिनपछि शुक्रबार यी नवजात शिशु पञ्जाव इन्स्टिच्युट अफ मेडिकल साइन्सेज ९पिआईएमएम० जालन्धरबाट डिस्चार्ज भएका छन् । पञ्जाव कपूरथलाका गुरदीपका अनुसार छोरामात्रै संक्रमित थिए, तर उनकी पत्नी संक्रमित थिइनन्  त्यसैले आमा र छोरा केही समयका लागि छुट्टिनु प¥यो । 

अहिले आरटी र पिसिआरसहित सबै स्वास्थ जाँच गरिएपछि सुखदीपलाई डिस्चार्ज गरिएको छ र आमा सन्दीपले फेरि काखमा लिएकी छिन् । ईश्वरको कृपाले मेरो नाति स्वस्थ भएर घर फर्किएको छ सुखदीपकी हजुरआमा कुलविन्दर कौरले भनिन् ।

सुखदीपको हेरचाहमा खटिएकी नर्सिङ स्टाफ पनि यी शिशुले कोरोना जितेको देखेर निकै खुसी थिए । हेरचाहमा खटिएकी नर्स रुबीले भनिन्, ‘हामीले यी बच्चाको राम्रोसँग हेरचाह ग¥यौं । एक शिशुलाई यति ठूलो पीडाबाट गुज्रिएको देख्नु निकै मुस्किल थियो । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।