image
image

२५ वर्ष पुरानो गीतलाई कोरोना महामारीले जगायो




कसैको मन रोए जस्तो

तुवालो झैँ जता ततै सब

आसुँले धोए जस्तो

काठमाडौँ । प्रगति देवकोटाले २५ वर्ष अगाडि लेखेको कविताको हरफ हो यो। आफूले स्कूल पढ्दा कोरेको यस गीतमा मानसिक तनाव, एक्लोपन र डर अभिव्यक्त गरेकी थिइन् उनले।  कोरोना भाइरस महामारीपछि धेरैमा देखिन् उस्तै चिन्ता र भय। त्यसैले सन्दर्भ मिल्दो जुल्दो परिस्थितिमा थन्किएर रहेका ती शब्दहरूलाई दिइन् कलात्मक आकार र, बन्यो गीत हावामा फैलियो मधुरो गीत।

देवकोटाको शब्दमा संगीत भरे संगीतकार संजीव सिंहले। यसमा एलिना चौहानले स्वर दिएकी छिन् । गीत यसै साता भिडियोसहित युट्युब रिलिज भयो।

गीतमा महामारी काल भोगिरहेको व्यक्तिको मनोविज्ञान चित्रित छ। त्यो मनोविज्ञानलाई भिडियोमा छायाँमार्फत् प्रतीकात्मक ढङ्गमा देखाइएको छ। त्यो कालो छायाँले मूल पात्रलाई लखेटिरहेछ। जसरी कोरोना, संक्रमण,अभाव र मृत्युको भयले आम मानिसलाई लखेटिरहेछ।

भिडियोको निर्देशन कवि सुवेदी र पुजन सापकोटाले गरेका हुन्। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।