स्याङ्जामा दुई जना संक्रमितको मृत्यु
काठमाडौँ । कोरोना संक्रमणबाट स्याङ्जाका २ जनाको मृत्यु भएको छ। दुबै संक्रमितको उपचारको क्रममा निधन भएको हो। वालिङ नगरपालिकाका एक पुरुष र गल्याङ नगरपालिकाका एक महिलाको उपचारका क्रममा शनिबार मृत्यु भएको प्रादेशिक कार्यालय पोखराले जनाएको छ।
वालिङ्का ३ का ४५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा मृत्यु भएको हो। उनलाई २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो। यसैगरी, गल्याङ नगरपालिका ३ का ६० वर्षीया महिलाको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको हो। ती महिलामा २० गते कोरोना संक्रमण पुष्टि भएको थियो।